arrow

पाँच वर्षे बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्ष जेल सजायँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
crime-final-everytime-use.jpg

नयाँदिल्ली । पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुबा र मामालाई ८४ वर्षको जेल सजायँ सुनाइएको छ। 

भारतको केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजायँ सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानून अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष अदालतले कैद बाहेक तीन–तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानून सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

पीडित बालिकालाई सन् २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ तारिखमा बालिकाकी आमाले थाहा पाएपछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन् । त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ