arrow

असल शासन पुरस्कार डा भगवान कोइरालालाई

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Bhagawan-1.png.png
काठमाडौँ। असल शासन फाउन्डेसनले यस वर्षको असल शासन पुरस्कार मुटुरोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा भगवान कोइरालालाई प्रदान गरेको छ । पुरस्कार संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचारविरुद्ध महासन्धि पारित गरेको दिन अर्थात् ९ डिसेम्बरका दिन पारेर आज प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशि सम्मानपत्र तथा रनिङ शिल्डसहित रु ११ हजार १११ रहेको छ । 
 
मुलुकमा असल शासन अभिवृद्धिका लागि योगदान गर्ने सार्वजनिक प्रशासक, पत्रकार र नागरिक अभियन्तामध्येबाट छनोट गरेर पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । “कोइरालाले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पतालमा कार्यकारी प्रमुखका रुपमा काम गर्दा आन्तरिक सुशासनका लागि योगदान गरेकाले पुरस्कार दिने निर्णय गरिएको हो”–उहाँले भन्नुभयो । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी उपाध्यक्ष तथा प्राज्ञ गीताकेशरी सदस्य र फाउन्डेसनका अध्यक्ष खड्का सदस्यसचिव रहनुभएको समितिले कोइरालालाई छनोट गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ