arrow

तीन खेलअघि नै म्यानसिटीलाई प्रिमियर लिगको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
mancity-premier-league-champion-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । तीन खेलअघि नै सिटीले उपाधि पक्का गरेको हो । शनिबार राति दोस्रो स्थानको आर्सनलले हार व्यहोरेपछि सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो ।

योसँगै सिटीले सातौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । आर्सनललाई नटिङघम फरेस्टले घरेलु मैदानमा १–० गोल अन्तरले हराएसँगै सिटीले उपाधि पक्का गर्यो । 

फरेस्टको जितमा ताइवो अवोनियीले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरे ।

आर्सनलले ३७ खेलमा ८१ अंक जोडेको छ । सिटीले ३५ खेलमा ८५ अंक जोडेको छ । आर्सनलले अब एक खेलमात्र खेल्न बाँकी छ । जबकि अहिले नै चार अंकले पछि छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ