arrow

विश्वकप छनोट फुटबल: ब्राजिलको गोल वर्षा, अर्जेटिनाले अंक बाँड्यो

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
Brazil_Bolivia_qualifier.jpeg
काठमाडौं। नेयमारको सुरुवाती गोलबाट अग्रता लिएको ब्राजिलले विश्वकप छनोट खेल अन्तर्गत बोलिभियामाथि शानदार जीत हात पारेको छ । शुक्रवार भएको खेलमा ब्राजिलले बोलिभियामाथि ५-० गोलको जीत निकालेको छ । 
 
खेल अवधिभर बोलिभियालाई दबावमा राखेको ब्राजिलले पहिलो हाफ अघि नै ४-० गोलको अग्रता लिएको थियो ।
 
ब्राजिललका लागि नेयमारले खेलको ११ औं मिनेटमा गोल गर्दे टोलीलाई अग्रता दिलाए । २६ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । 
 
फिलिप लुइसले ३९ औं मिनेटमा अर्को गोल गरे । पहिलो हाफको अन्त्यतिर गाबरियल जेससले गोल गर्दै टोलीको अग्रता बलियो बनाए ।
 
खेलको ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले थप एक गोल गरेपछि ब्राजिलले समग्रमा ५-० गोलको जीत निकाल्यो । 
 
यता ब्राजिलले शानदार जीत निकाल्दा अर्का फुटबल महारथी अर्जेन्टिनालाई भने झट्का लागेको छ । अर्जेन्टिनाले पेरुसँग २-२ गोलको बराबरी खेलेको छ । 
 
खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । उसका लागि खेलको १६ औं मिनेटमा रामिरो फ्युनेस मोरीले पहिलो गोल गरे । तर खेलको ५८ औं मिनेटमा जोस पाउलोले पेरुका लागि गोल गर्दे खेल बराबरीमा ल्याए । 
 
७८ औं मिनेटमा गोल्जालो हिगुइनको गोलमा अर्जेन्टिनाले पुन: अग्रता लियो । तर इन्जुरी समयमा पेरुका क्रिस्टेनले गोल गरेपछि अर्जेन्टिना निराश हुन बाध्य भयो । 
 
अन्य खेलमा उरुग्वेलाई फाइदा हुँदा १०१६ को कोपा अमेरिका कप विजेता चिलीलाई भने झट्का लागेको छ । उरुग्वेले भेनेजुयलामाथि ३-० गोलको शानदार जीत निकाल्दा चिलीले भने इक्वेडरविरुद्ध ३-० गोलको लज्जाँस्पद हार बेहोरेको छ । 
 
यस्तै कोल्बियाले पनि पाराग्वेमाथि १-० गोलको जीत हात पारेको छ 



नयाँ