arrow

मेरो दशैं - पिङ खेल्न अब बुढो भइयोः गोपाल प्रसाद घिमिरे

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
Dashian-final-1.jpeg
काठमाडौं। ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक गोपाल प्रसाद घिमिरेले दशैं अनुभव हाम्राकुराको मेरो दशैं सेग्मेन्टमा बाड्नुभएको छ। प्रस्तुत छ सोहि कुराकानीको केहि अंशहरुः
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः मैले २०६२ सालदेखि नै काठमाडौंमा नै दशैं मनाउन थालेको हुँ । पहिले त गाउँतिरै मनाईन्थ्यो तर अहिले सबै यतै आएपछि भने हामी गाउँ जान छाडेका छौं । 
 
प्रश्नः दशैंमा रमाइलोका लागि के गर्नुहुन्छ ?
जवाफः रमाइलो उमेर अनुसार पनि हुने रहेछ । मेरा छोराछोरीलाई हुने रमाइलो र मेरो उमेरकालाई एउटै हुँदैन । तर दशैंमा धेरैको घरमा तास खेले्को देखेको छु ।  आफू पनि शुरु शुरुमा रमाइलोका लागि परिवारसँग म्यारिज तास खेल्न्थ्यिो तर, मैले तास नखेलेको वर्षौ भईसक्यो । अहिले खेल्ने गरेको पनि छैन । चंगा उडाउन र पिङ खेल्न त बुढो भइयो । 
 
प्रश्नः दशैंमा मासु कत्तिको खानुहुन्छ ? 
जवाफः मासु खान्छु । दशैंमा म विशेषगरी खसीकै मासु खान्छु । 
 
प्रश्नः दशैंको टीकामा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?   
जवाफः दशैं आत्मिय चाड हो । पारिवारिक मिलनको चाड हो । टीका टालो र दक्षिणा दिने कुरा प्रेमको प्रतिक हो । दिएर आफ्नो र खौरेर मसिनो कहाँ हुन्छ र । दशैंमा आफू भन्दा सानालाई पैसा दिईन्छ । तर पाउने ठाउँ एकदमै कम छ । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? 
जवाफः दशैं स्पेसल भनेर नयाँ कपडा खासै किनिने गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ