arrow

मिस मोडर्न कलेजको उपाधि झरनालाई

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
miss morden.JPG.jpeg
भक्तपुर। यस वर्षको ‘मिस मोडर्न कलेज’को उपाधि झरना मानन्धरले जितेकी छिन् । कक्षा ११ मा अध्ययनरत झरनाले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै आज उपाधि हात पारेकी हुन् । त्यसैगरी मिस्टर मोडर्नको उपाधि सुलभ तिम्सिनाले हात पारे । भक्तपुर दधिकोटस्थित मोडर्न कलेज अफ म्यानेजमेन्टले प्रत्येक वर्ष मिस एण्ड मिस्टर मोडर्न प्रतियोगिता गर्दै आइरहेको छ । विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई समाजमा प्रतिस्थापन गर्ने उद्देश्यले मोडर्नले हरेक वर्ष यस्ता प्रतियोगिता सञ्चालन गर्दै आइरहेको कलेजका प्राचार्य अनिल कसपालले बताउनुभयो । 
 
सो अवसरमा आयोजित प्रतियोगितामा मोडर्न सर्वोकृष्ट प्रतिभाको उपाधि मनस्तोष कार्कीले हात पारे भने मोडर्न उत्कृष्ट व्यक्तित्व सनिता श्रेष्ठ घोषित भइन् । प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि मिस नेपाल अर्थ– २०१२ का विजेता नग्मा श्रेष्ठ, गायन निर्णय एनएसकेएस र निर्देशक तथा पत्रकार प्रदिप कसपालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । सोही अवसरमा कलेजको शैक्षिकसत्र २०७०-०७१ का सर्वोत्कृष्ट पहिला,े दोस्रो, तेस्रो हुन सफल क्रमशः रक्षा खनाल, विजय थापा र विजेन शाक्यलाई स्वर्ण पदक र नगद पुरस्कार प्रदान गरेको थियो । त्यसैगरी, मोडर्न गायन तथा नृत्य प्रतियोगिता, मोडर्नको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ