arrow

विश्वकप छनोट फुटबलः रोनाल्डोको गोलको वर्षा, नेदरल्याण्ड्स र फ्रान्स पनि विजयी

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
Ronaldo_WC_Qlf.jpeg
काठमाडौं। विश्वकप छनोट अन्तर्गत पोर्चुगलले एण्डोरालाई ६-० गोलले पराजित गरेको छ। युईऐफए समुह 'बी'मा पोर्चुगलका स्टार रोनाल्डोले चार गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। 
 
खेल शुरु भएको दोस्रो मिनेटमा रोनाल्डोले पोर्चुगलकालागि गोल गरेका थिए भने फेरि चौथो मिनेटमा अर्को गोल गरेका थिए। 
 
त्यसैगरि ४७औं र ६८औं मिनेटमा थप गोल गरेका थिए। अरु २ गोल जोआवो क्यानसेलो र अन्द्रे शिल्भाले गरेका थिए।
 
समुह 'बी'का अरु खेलहरुमा स्विजरल्याण्डले हंगेरीलाई ३-२ गोलले पराजित गरेको छ भने फारो आईल्याण्डले लात्भियालाई २-० गोलले पराजित गरेको छ। 
 
युईएफए समुह 'ए' को खेलमा नेदरल्याण्डले बेलारुसलाई ४-१ गोलले पराजित गरेको छ। नेदरल्याण्डकालागि क्विन्सी प्रोमेसले १५औं र ३१औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई २-०को अग्रता दिलाएका थिए। 
 
बेलारुसका एलेक्सी रियोसले ४६औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए। नेदरल्याण्डका डेवी क्लासेनले तेस्रो गोल गरेका थिए भने ६४औं मिनेटमा भिन्सेन्ट जाँसेले चौथो गोल गर्दै नेदरल्याण्डको जित सुनिश?चित पारेका थिए। 
 
समुह 'ए' अन्तर्गत फ्रान्सले बुलगेरियालाई ४-१ गोलले पराजित गरेको छ। फ्रान्सकालागि केविन गामेरोले २ गोल गरेका थिए भने  डिमिट्री पाएट र एन्टोनी ग्रिजम्यानले १-१ गोल गरेका थिए। 
 
त्यसैगरि स्विडेनले लक्जमबर्गलाई १-० गोलले पराजित गरेको छ। 



नयाँ