मिरपुर । बंगलादेश विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इङल्याण्डले रोमाञ्चक जित हासिल गरेको छ । ३१० रनको चुनौती पछ्याएको बंगलादेश कुनै समय जित नजिक पुगे पनि लगातार विकेट गुमाउँदा २१ रनको हार बेहोरेको हो ।
मिरपुरमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको इङल्याण्डले ८ विकेटको क्षतिमा ३०९ रन बनायो । बेन स्टोक्सले १०१ रन जोडे ।
जवाफमा बंगलादेश ४७.५ ओभरमा सबै विकेट गुमाएर २८८ रनमा समेटियो । इम्रुल कायेज र सकिब अल हसनले सानदार सतकीय साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् ।
कायेजले ११२ तथा २ विकेटसमेत लिएका सकिबले ५५ बलमा ७९ रन बनाए । डेब्यु खेलाडी जेक बलले ५१ रन खर्चेर ५ विकेट लिए ।
बल नै म्यान अफ द म्याच भए । त्यस्तै अदिल रसिदले ४९ रन खर्चेर ४ विकेट लिए ।
जितसंगै ३ खेलको श्रृंखलामा इङल्याण्डले १–० ले अग्रता लिएको छ ।