arrow

बाजुराको एकिकृत पर्यटन विकासमा जोड

logo
प्रेम रौले।
प्रकाशित २०७३ असोज २२ शनिबार
hamrakuralogo-new.jpg.png
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले पर्यटन प्रवद्र्धनका लागि थुप्रै संभावना बोकेको जिल्ला बाजुराको विकासमा एकिकृत पर्यटन विकासको योजना ल्याउनुपर्ने बताएका छन् । पौरखी विकास संचार सहकारी लिमिटेड र रेडियो पौरखीले गरेको सामाजिक सवालमा रेडियोको भुमिका विषयक अन्तरक्रिया तथा बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता गिरीले जिल्लाको विकासका लागि सम्भावनाको खोजी गरी तिनीहरुको प्रचार प्रसार गर्न जरुरी रहेको बताए । 
 
गिरीले बाजुराको विकासका गर्न  दीर्घकालिन योजनाका लागि जिल्ला विकास समिति बाजुराले पर्याप्त रकम विनियोजन गर्नुपर्ने बताए । जिल्लाको विकासका लागि साना तिना योजना भन्दा पर्यटनको सम्भावना रहेका बडिमालिका, बुढीनन्दा, छेडेदह, नाटेश्वरी लगायतका क्षेत्रका लागि बजेट छुट्याउनु पर्ने गिरीले भने । 
 
उनले राजनितीक दलहरुको केन्द्र स्तरमा संख्यात्म बृद्धी भएको भए पनि त्यसले गुणात्मक दिन नसकेको बताए । गिरीले राजनीतिको विकास भएको भए पनि जिल्लाको विकासका लागि भने सोचे जस्तो प्रतिफल नआएको जिकिर गरे । 
 
विद्युतका लागि तत्कालिन योजना आयोगका उपाध्यक्ष गोविन्द्र पोखरेलले गरेको सर्भे अनुसार ७ मेगावाटका विजुली उत्पादनका लागि छुट्याइएको २५ करोड रकम फ्रिज जानु नै जिल्लाको लागि दुर्भाग्य भएको गिरीले बताए । 
 
विद्युत उत्पादनका लागि राजनितिक दल एक सहमत भएको भए जिल्लाका बेरोजगार युवाहरुले विदेश जानु पर्ने थिएन गिरीले भने । जिल्लाको विकासका लागि राजनितिक दलहरुले निरन्तरता नदिएको आरोप लगाएका छन् । उनले जिल्लामा रहेका संचार माध्यमहरुले कुनै व्यक्तिगत स्वार्थ नराखी कलम चलाएकोमा संचार माध्यमलाइ धन्यवाद दिएका छन् । 
 
यस्तै नेपाल महिला संघ केन्द्रिय सदस्य जुना दानीले जिल्लाको विकासमा सबैले एक भएर लाग्नुपर्ने बताइन् । उनले जिल्लामा रहेका संचार माध्यमहरुलाइ नेपाली काँग्रेसले सहयोग गर्ने बताएकी छन् । संचार माध्यमले जिल्लाको विकासका लागि अतुलनिय योगदान रहेको दानैले भनिन्। जिल्लामा छोटो समयमा पत्रकारिताको विकास भएकाले यसलाइ गुणात्मक गर्दै लैजानु पर्ने दानीको भनाइ रहेको छ ।कार्यक्रममा दानीले जिल्लाका पत्रकारहरुमा एक आपसमा मिल्नुको साटो प्रतिपर्धा भएकाले यसलाइ अन्त्य गर्नुपर्ने बताइन् । दानीले जिल्लाको सुशासनको गतिविधी र भ्रष्टाचारको विरोध गर्न आग्रह गरिन् । 
 
अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जिल्लाका संचार माध्यमहरुले दुर्गम तथा  सामाजिक क्षेत्रको आवाजहरु बुलन्द गरेकाले धन्यबाद दिए । उनले रेडियोको स्थापना काल देखि जिल्लामा छुवाछुत महिला हिंसा,बाल विबाह र मदिरा नियन्त्रणका लागि योगदान पुर्याएको बताए ।
 
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले  जिल्लामा रहेका सरकारी कार्यालयहरुको सेवा प्रवाहका बारेमा अन्तरक्रिया कार्यक्रम गरी सुचना प्रबाह गर्न आफु लाग्ने बताए । नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सुभद्रा पाण्डे, निमित्त स्थानिय विकास अधिकारी जंग बहादुर थापाले जिल्लाको संचालन हुदै अएका योजनाहरुको गुणस्तर ल्याउन सक्दो प्रयास गर्न बताए । 
 
कार्यक्रममा रेडियो संचालक समितिका अध्यक्ष दयाराम पण्डितले पत्रकारिता संख्यात्मक भएकाले यसलाइ गुणात्मक बनाएर लैजानुपर्ने बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्यायले पछाडी परेको बाजुरालाइ विकासमा निरन्तरता दिन पत्रकारहरुले कलम चलाउदै आएको बताए । यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष मदनराज जैशीले जिल्लामा क्रियाशिल पत्रकारहरुले विकासका लागि सकारात्म भुमिका खेल्दै आएको बताएका छन् । 
 
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर रोहित गिरी, नेपाल शिक्षक महासंघका अध्यष जनक शाही, नेपाली काँग्रेस बडिमालिका नगरपालिका सचिव गणेश थापा, उद्योग बाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, रेडियो बाजुराका स्टेशन प्रबन्धक तुलाराम जैशी जिलला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख हरिहर सुनुवारले शुभकामना मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ