arrow

सत्तरी वर्षीया वृद्धामाथि जबरजस्ती करणी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
crime-final-everytime-use.jpg

काठमाडौं ।  बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।  बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हो । 

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

त्यस्तै झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका(११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ