arrow

शाखा अधिकृत बन्ने की ? ‘५ सय ५१ पदका लागि दरखास्त खुला’ (सूचनाको लिङ्कसहित)

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
hamrakura.jpg.jpeg
काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक (खुला एवं समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ५ सय ५१ पदको लागि दरखास्त खुला गरेको हो । (सूचना हेर्न क्लिक गर्नुस्)
 
व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आह्वान गरेकामा खुला तर्फ ३ सय १० पद र महिलाका ७९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी–जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी–जनजातिको लागि ६४, मधेसी ५५ , दलित २२, अपाङ्ग १५ र पिछडिएको क्षेत्रको लागि ६ पद राखेको छ ।
 
आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ । यसपटक आयोगको कार्यालयमा गएर घण्टौ लाइन बसेर दरखास्त बुझाउनुपर्ने  बाध्यता टरेको छ । अब अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १४ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।
 
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा–छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
 
आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ  । यसको परिक्षा आउँदो चैत १६ गतेदेखि २३ गतेसम्म हुने आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ