arrow

अपराजित एपीएफ शीर्ष स्थानमा, लगातार सातौँ जित

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Ball.jpg.jpeg
काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन डलब लिग महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लवले अपराजित यात्रा कायम राख्ने क्रममा लगातार सातौँ जित हासिल गरेको छ । 
 
नयाँ बसपार्कस्ति भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–४, २५–५ र २५–१२ सेटले हरायो ।  अपराजित एपीएफ ७ खेलबाट २१ अङ्क जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यता लगातार पाँचौ जित निकाल्ने क्रममा न्यू डायमण्ड एकेडेमीले जानकी उच्च माविलाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्ड पनि प्रतियोगितामा अपराजित अर्को टोली हो । उसले जानकी उच्चमाविलाई २५–५, २५–२ र २५–७ को सोझो सेटमा हरायो । पाँच खेलबाट डायमन्डको १५ अङ्क छ । 
 
यस्तै, धादिङ कलाकार सङ्घले एन्जल हर्ट स्कुललाई तथा विजेश्वरी ज्ञान मन्दिरले विन्ध्यवासिनीलाई हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट एन्जल हर्टले २५–१४ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २३–२५ ले गुमायो । निकै प्रतिस्पर्धात्मक तेस्रो सेटमा एन्जल हर्टले २७–२५ ले हावी भयो ।  
 
विजेश्वरी ज्ञान मन्दिरले विन्ध्यवासिनी स्कुुलविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्यो । विजेश्वरीले पहिलो सेटमा २५–१८ को कब्जा जमायो । त्यसपछि लगातार दुई सेट २३–२५, १४–२५ गुमाएको विजेश्वरीले अन्तिम दुई सेटको खेलमा फर्कदै जित निकाल्यो । पश्चिमाञ्चल भलिबल सङ्घ र नेपाल प्रहरीबीचको खेल प्राविधिक कारण देखाउँदै स्थगित भयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ