arrow

दशैंमा बालबालिकालाई के खान दिने, के नदिने

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
children.jpeg
काठमाडौं । पौष्टिक खानेकुरा र मनोवैज्ञानिक दृष्टिकोणले दशैं बालबालिकाका लागि महत्वपूर्ण चाड हो । दशैंमा बालबालिकाले लामो छुट्टी पाउँछन् । 
 
मिठो खान, राम्रो लगाउन र नयाँ ठाउँ घुम्न पाउने हुनाले उनीहरू निकै खुसी हुन्छन् । पिङ खेल्न पाउने तथा दक्षिणा स्वरूप पैसा पनि पाउने हुनाले तिनीहरू झन् उत्साहित हुन्छन् ।
 
 
दशैंका लागि भनेर जतिसुकै विपन्न वर्गका व्यक्तिको घरमा पनि चिउरा, मासु, चिल्लो पदार्थको जोहो गरिएकै हुन्छ । 
 
अर्थात् अन्य बेलाभन्दा दशैंमा खानाको परिकार भिन्न हुन्छ । तर, वयस्कहरूका लागि स्वादिलो हुने तरिकाले घिउ, तेल, मरमसला हाली पकाएका खानेकुरा बच्चालाई दिनु हुँदैन । 
 
रहलपहल बासी खानेकुरा पनि दिनु हुँदैन । मद्यपानबाट त उनीहरूलाई नितान्त टाढा राख्नुपर्दछ ।
 
उनीहरूलाई दिइने मासु कमलो, उसिनेको तथा कम मरमसला भएको हुनुपर्छ । खाद्यान्नका हकमा पनि 
दशैंमा पिङ खोल्ने र चङ्गा उडाउने परम्परा निकै अगाडिदेखिको हो ।
 
 तर, चङ्गा उडाउने क्रममा सावधानी नअपनाएइको खण्डमा यदाकदा अप्रत्यासित रूपमा जोखिमपूर्ण दुर्घटना हुने गरेको पाइन्छ । 
 
पिङ खेल्ने तथा चङ्गा उडाउने क्रममा अप्रत्यासित दुर्घटना हुन गई बालबालिकाको ज्यान जाने तथा अङ्गभङ्ग भएका घटना हामीले देखे–भोगेकै हौँ । 
 
त्यसैले अभिभावकको निगरानीमा मात्र बच्चालाई यी कार्य गर्न दिनुपर्छ ।
 
 
नयाँ कपडा तथा दक्षिणा स्वरुप दिने पैसाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्न सक्छ । किनभने बच्चाहरूमा आफ्ना साथीभाइसँग दाँज्ने तथा प्रतिस्पर्धा गर्ने मनसाय हुन्छ ।
 
 त्यसैले उनीहरूलाई आर्थिक अवस्था अनुसार नयाँ कपडा किनिदिनुपर्छ । बरु अवस्था हेरी बच्चालाई कसैको नक्कल गर्नु, दाँज्नु, प्रतिस्पर्धा गर्नुभन्दा आफूसँग भएको कुरामा सन्तुष्ट हुनुपर्छ भनेर सम्झाउनुपर्छ ।
 
 
लामो बिदामा बच्चालाई आफ्नो फुर्सद हेरी नजिकका देवी–देवता भएका तथा पर्यटकीय ठाउँमा घुमाउन लैजानु उपयुक्त हुन्छ । जसले गर्दा उनीहरूमा नयाँ–नयाँ कुरा सिक्ने क्षमता विकास हुन्छ । 
 
विशेष गरी फूलपातीपछि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक यातायातमा व्यापक घुइँचो हुने हुनाले यात्रा गर्दा बालबालिकालाई सजिलो हुने कुरामा ख्याल राख्नुपर्छ । 
 
जस्तै, यात्रा लामो छ भने बस्ने सिट, खानेकुरा, पानीको बन्दोबस्त तथा गाडी रोक्दा पिसाब गराउने आदि गुर्नपर्दछ । नजिकको ठाउँ छ भने हिँड्नु पनि स्वास्थ्यका दृष्टिले राम्रो हो ।
 
 
दशैंको लामो बिदामा स्कुलबाट धेरै गृहकार्य दिएको हुनसक्छ । दशैंको रमझममा मात्र रह्यो भने पछि स्कुल खुल्ने बित्तिकै गृहकार्य नसकेका कारण बच्चाहरू स्कुल जान मान्दैनन् । 
 
अतः फूलपाती अगाडि नै गृहकार्य के–कति छ, त्यही अनुसार दिनदिनै अलिअलि गरी गराउनुपर्छ । गृहकार्य छैन भने पनि घरमा अलिअलि पढाउनुपर्छ । 
 
अभिभावकलाई दशैंका समयमा भ्याइनभ्याई भए पनि उनीहरूले आफ्ना बच्चाको स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्छ । (साभार–स्वास्थ्य खवर)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ