मोङकक । विश्वकप छनोट महिला क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेल आइतबारदेखि हङकङमा सुरु भएको छ । पहिलो खेलमा थाइल्याण्ड र चिनियाँ टिम भिडिरहेका छन् ।
टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाली समयअनुसार आइतबार बिहान पौने १२ बजे नेपाल र आयोजक हङकङ भिड्दै छन् ।
यसपटक नेपाली टिमले झण्डै तीन महिना (बन्द र छनोट चरण गरी) प्रशिक्षण लिएकाले पनि सशक्त देखिएको छ । दुई वर्षपछि पूर्व कप्तान नेरी थापासमेत टिममा फर्केकी छिन् ।