arrow

विश्वकप छनोट महिला क्रिकेटः नेपाल हङकङसंग पराजित

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
nepal-cricket.jpeg
मोङकक । विश्वकप छनोट महिला क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । एसियाली छनोट समूहको खेलमा नेपाल आयोजक हङकङसंग ६ विकेटले पराजित भएको हो । 
 
खेलमा पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अलआउट हुँदै ७७ रनमात्र जोड्यो । निर्धारित २० ओभरको खेलमा कमजोर ब्याटिङ गरेको नेपालका लागि निर्मला कुमारीले सर्वाधिक १८ रन जोडिन् ।
 
कप्तान रुबिना क्षेत्रीले १२ तथा रश्मी चौलागाईंले ११ रन बनाइन् ।  त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । 
 
जवाफमा घरेलु मैदान मोङककको मिसन रोड ग्राउण्डमा खेलेको हङकङले १६.३ ओभरमा ४ विकेट गुमाएर जित हासिल ग¥यो । 
 
छनोटको आइतबारै भएको अर्को खेलमा थाइल्याण्डले चीनलाई ७५ रनको फराकिलो अन्तरले हरायो । 
 
थाइल्याण्डले १०७ रन बनाएकामा चीन भने ३२ रनमै समेटिएको थियो । 
 
 



नयाँ