arrow

विश्वकप छनोट फुटबलमा स्पेन र इटाली विजयी

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
italy.jpeg
मेसेडोनिया । विश्वकप छनोट फुटबलको युएफा समूहको खेलमा इटालीले संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार राति इटालीले मेसेडोनियालाई उसकै मैदानमा ३–२ ले हराएको हो ।
 
२४ मिनेटमा आन्द्रे बेलोट्टीको गोलबाट इटालीले अग्रता लियो । 
 
त्र ५७ औं मिनेटमा नेस्टोरोभिस्कीले गोल गर्दै बराबरीमा ल्याए । 
 
त्यसको दुई मिनेटमै हसानीले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाए ।
 
दबाबमा आएको इटालीलाई ७५ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै बराबरीमा ल्याए । 
 
खेल बराबरीमै टुङ्गिदै थियो । तर अन्तिम समयमा सिरोले फेरि अर्को गोल गर्दै इटालीलाई महत्वपूर्ण तीन अंक दिलाए । 
 
युएफा छनोटको इटालीकै इ समूहमा रहेको स्पेनले भने भने सहज जित निकालेको छ । स्पेनले अल्बानियालाई उसकै मैदानमा २–० ले हरायो । 
मध्यान्तरसम्म गोलविहीन बराबरीमै चित्त बुझाएको स्पेनले ५५ औं मिनेटमा डिएगो कोस्टाको गोलबाट अग्रता लियो । 
 
६३ औं मिनेटमा नोलिटोले गोल गर्दै स्पेनलाई २–० ले जिताए । 
 
यही समूहको अर्को खेलमा इजरायलले लिचेस्टेनलाई २–१ ले हरायो । 
 
यी खेलसंगै तेस्रो चरणको समाप्तिसम्म स्पेन र इटाली समान ७–७ अंकका साथ शीर्ष स्थानमा छन् । अल्बानिया र इजरायलको ६–६ अंक छ भने मेसेडोनिया र लिचेस्टेन अंकविहीन भएर पुछारमा छन् । 
 
विश्वकप छनोटका युएफा अन्तर्गत समूह डी को खेलमा सर्वियाले अष्ट्रियालाई ३–२ ले, आयरल्याण्डले माल्डोभालाई ३–१ ले हरायो भने वेल्स र जर्जियाले १–१ को बराबरी खेले । 
 
समूह आइको खेलमा क्रोएसियाले फिनल्याण्डलाई १–० ले, युक्रेनले कोसोभोलाई ३–० ले तथा आइसल्याण्डले टर्कीलाई २–० ले हरायो । 
 



नयाँ