arrow

मेरो दशैं - सर्लक्कै घाटामा जान्छ कम्पनीः किशोरलाल प्रधान

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
kishorlal-pradhan.jpeg
काठमाडौं।  उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरलाल प्रधानसँग दशैंका केहि अविस्मरणीय घटना सदै ताजा भइरहन्छन। हाम्राकुराको मेरो दशैं सेगमेन्टमा उनले यस्ता केहि अविस्मरणीय र रमाइला कुरा बाँडेका छन् । प्रस्तुत छ प्रधानसँग दशैंको सेरोफेरोमा रहेर गरिएको कुराकानीः
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः दशैंमा म अहिलेसम्म देश छाडेर कतै गएको पनि छैन । उस्तै अफ्टेरो नपरेसम्म म कहिलै देश छाडेर जाने पनि छैन । यो दशैं पनि म आफ्नै जन्मभूमिमा गएर मनाउने तयारी गरिरहेको छु । यो सालको मेरो दशैं राजविराज र विराटनगरमा मनाउने तयारी मैले गरिरहेको छु ।
 
प्रश्नः जुवा तास कत्तिको खेल्नुहुन्छ ? चङ्गा उठाउन मन लाग्छ कि लाग्दैन ?
जवाफः तास खेल्न त आउँछ । फरास, किट्टी, जुटपत्ति खेल्न आउँछ । तर खासै खेलिँदैन । चंगा उँडाउने कुरा गर्नुहुन्छ भने एउटा रमाईलो घटना म जहिलै पनि सम्झने गर्दछु । सानोमा चंगा उँडाउँदै जाँदा चंगा लिनको लागि सैनिक इलाका भित्र जंगलमा पुग्दा हरिणले हानेर तीघ्र नै प्वाल पारिदियो । दुई महिना अस्पतालमा बसेपछि मात्रै बल्ल बिसेक भयो । त्यसपछि चंगा त सम्झिन पनि मन छैन । 
 
प्रश्नः दशैंमा मासु खानुहुन्छ कि खानुहुन्न ?  
जवाफः मासु त खाईन्छ । दशैंमा त खसीकै मासु खाने तयारी गरिँदै छ । तर यो साल आफ्नो घरमा खसी नकाट्ने भएकोले केही मासु किनेरै खाने तयारीमा छु । 
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ? नाफाघाटा कति हुन्छ ?  
जवाफः टीकाटालोको त कुरै छाड्नुस् आउने ठाउँ ससुराली हो जम्मा ५१ रूपैयाँ दिन्छन् । आफूले ५ सय रूपैयाँको दरमा दिनु पर्छ । सर्लक्कै घाटामा जान्छ कम्पनी । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? किनिसक्नु भयो कि छैन ?
जवाफः दशैमा स्पेसल लुगा किन्ने खासै हुँदैन । अरूबेला पनि आवश्यक परेको बेलामा किन्न परिहाल्यो । त्यसैले दशैं भनेर कपडाको लागि स्पेसल हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ