- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।
सिटीले सातौँ पटक एफए कपको उपाधि जितेको हो । सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए ।
सिटीको यो सिजनको दोस्रो उपाधि हो । उपाधिमा ह्याट्रिक गर्ने योजनामा रहेको सिटीले यसअघि प्रिमियर लिगको उपाधि जितेको थियो ।
अब सिटीले च्याम्पियन्स लिगको उपाधि जित्ने होडमा रहेको छ ।
सिटीले फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।