इन्दोर । न्यूजिल्याण्डविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा फराकिलो जित हासिल गरेको भारतले श्रृंखलामाथि ह्वाइटवास गरेको छ ।
पहिलो खेलमा १९७ रन तथा दोस्रो खेलमा १७८ रनको जित हासिल गरेको भारतले तेस्रो खेलमा ३३१ रनको फराकिलो जित निकाल्दै श्रृंखलामाथि ह्वाइटवास गरेको हो ।
४७५ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड १५३ रनमै समेटिएको थियो । अलराउण्डर रविचन्द्रन आश्विनले अहिलेसम्मकै उत्कृष्ट बलिङ गर्ने क्रममा पहिलो इनिङमा ६ तथा दोस्रो इनिङमा ७ विकेट लिए ।
पहिलो इनिङमा भारतले ५÷५५७ को स्थितिमा इनिङ समाप्ति गरेको थियो । न्यूजिल्याण्ड २९९ रनमा समेटियो ।
दोस्रो इनिङमा भारतले ३÷२१६ को स्थितिमा इनिङ समाप्ति गर्दै न्यूजिल्याण्डलाई ४७५ रनको चुनौती दिएको हो ।
आश्विन म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज पनि भए ।
अब न्यूजिल्याण्डले भारतमा पाँच खेलको एक दिवसीय श्रृंखला पनि खेल्नेछ ।
पहिलो खेल आइतबार हुनेछ ।