स्लोभेनिया । विश्वकप छनोट फुटबलमा इङल्याण्डले स्लोभेनियासंग उसकै मैदानमा बराबरीमा चित्त बुझाएको छ । मंगलबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेलको १० मिनेटमै जस्मिन कुर्टिकले निकै शानदार प्रहार गरे पनि स्लोभेनियालाई अग्रता दिलाउन सकेनन् ।
केही दबाबमा देखिएको इङल्याण्डले खेलमा तालमेलसमेत मिलाउन सकेको थिएन ।
वाइन रोनी बेञ्चमा बसे पनि ७३ औं मिनेटमा मैदानमा छिरेका थिए ।
यो बराबरीपछि पनि इङल्याण्ड युएफा समूह एफमा शीर्ष स्थानमै छ । यसअघि दुई जित जितेको इङल्याण्ड अपराजित रहँदै ७ अंकसहित शीर्ष स्थानमै छ ।
लिथुआनिया र स्लोभेनियाको समान ५ अंक छ भने स्कटल्याण्डको ४ अंक छ ।
मंगलबार रातिका खेलमा लिथुआनियाले माल्टालाई २–० ले तथा स्लोभाकियाले स्कटल्याण्डलाई ३–० ले हरायो ।