arrow

उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने वाध्यता

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
helicopter-cartoon.png
फलेवास । यातायात असुविधाका कारण बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ । 
 
दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो । 
 
सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत रु एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो । 
 
सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् । 
 
चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिए । 
 
सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् ।
 
 केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ