काठमाडौं।दक्षिण अफ्रिकाले विश्व बिजेता एवं विश्व नं १ टोली अष्ट्रेलिया बिरुद्ध पाँच खेलको श्रृखंला ५-०ले जितेको छ। अष्ट्रेलिया एकदिवशीया शृखंला ५-० हारेको यो पहिलो पटक हो। यस अघी सन् २०१२मा ईङल्याण्ड बिरुद्ध ४-०ले पराजित भएको थियो।
पाँचौं खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा ३२७ रन बनाएको थियो। अफ्रिकाका रिले रोस्सोले १२ रन बनाएका थिए भने जेपी डुमीनीले ७३ रनको योगदान दिएका थिए। अष्ट्रेलियाका क्रिस ट्रेमेन र जो मेन्नीले ३-३ विेकट लिएका थिए।
जवाफमा ब्याटीङ गर्न ओर्लेको अष्ट्रेलिया ४८.२ ओभरमा अल आउट भएको थियो। डेविड वार्नरले शानदार १७३ रन बनाए पनि आफ्नो टोलीको हार् टार्न सकेनन्। उनले १३६ बलमा २४ चौकाको मदले उक्त रन बनाएका थिए।
अफ्रिकाका ईमरान ताहिरले १४औं ओबरमा २ विकेट लिए पछि खेल अफ्रिकाको पकडमा आएको थियो। ताहिरको पहिलो ओभरमा फिन्च र स्टिभ स्मिथ आउट भएका थिए। त्यसैगरि कायल एबोट र कागिसो रबाडाले पनि २-२ विेकट हात पारेका थिए।
खेलका प्लेयर अफ म्याच अष्ट्रेलियाा डेविड वार्नर घोषित भएका थिए भने प्लेयर अफ सिरिज रिले रोस्सो घोषित भए।