arrow

विश्वकप छनोट महिला क्रिकेटमा नेपाल र हङकङ मैदानमा

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
Nepali-women-cricket-teaam.jpeg
कोलुन । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटमा नेपालले आयोजक हङकङसंग खेलिरहेको छ । 
 
खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको छ । नेपालले लगातार टस जितेर पहिले ब्याटिङ गरे पनि उच्च योगफल भने बनाउन सकेको छैन । 
 
पहिलो चरणमा नेपालले चीनलाई हराउँदा हङकङ र थाइल्याण्डसंग भने हार बेहोरेको थियो । 
 
पहिलो चरणका तीन वटै खेलमा पराजित भएको चीनले बिहीबार यसअघिका तीन वटै खेल जितेको थाइल्याण्डमाथि ३ विकेटको जित निकाल्दै अप्रत्याशित नतिजा निकालेको छ । 
 
खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले ७ विकेटको क्षतिमा ८६ रन बनायो । 
 
जवाफमा चीनले ४ बल खेल्न बाँकी छँदै ७ विकेटको क्षतिमा जित हासिल गर्यो । 
 
यो समीकरण अनुसार नेपालले हङकङलाई पराजित गर्ने हो भने अर्को चरण प्रवेशको सम्भावना कायमै रहने छ । 
 
तर ९ रन जोड्ने क्रममा ३ विकेट गुमाएर नेपालले फेरि पनि ठोस ब्याटिङ गर्न सकेन । 
 
सुरुका दुई खेलमा सर्वाधिक स्कोर बनाउन सफल निर्मलाकुमारी शाहीले त्यसपछि भने रन जोड्न भुलेकी छिन् । 
 
पूर्व कप्तान नेरी थापाले भने केही आशा देखाएकी छिन् ।  
 



नयाँ