arrow

पूर्वपश्चिम राजमार्गमा दैनिक दुर्घटना, ट्रकको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
accident.jpeg
कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल ४० किलोमिटरमा बिहीबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 
 
पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना १४ प ६३८७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ४०२९ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी देउराली–२ कोलियाका २६ वर्षीय दीपेन्द्र कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक फणिन्द्र शर्माले जानकारी दिए । 
 
दुर्घटनामा घाइते कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोआज पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी खण्डमा दैनिकजसो नै सवारी दुर्घटना हुने गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ