arrow

विश्वकप महिला क्रिकेट, नेपालको सुधारोन्मुख ब्याटिङ, थाइल्याण्डलाई १०९ रनको चुनौती

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Nepali-women-cricket-teaam.jpeg
वोङनाइ । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डसंग खेलिरहेको छ । 
 
नेपालले विजयका लागि थाइल्याण्डलाई १०९ रनको चुनौती दिएको छ । 
 
जारी प्रतियोगितामा व्यक्तिगत पहिलो पटक सर्वाधिक रन जोड्ने क्रममा नेपालले सुधारोन्मुख ब्याटिङ गरेको छ । नेपालले ४ विकेटको क्षतिमा १०८ रन बनायो । 
 
 
नेपाली खेलाडीहरु धेरैजसो ब्याटिङमा चम्किएका छन् । पूर्व कप्तान नेरी थापाले २५ बलमा  अविजित रहँदै ३२ रन जोडेकी छिन् । 
 
त्यसैगरी इन्दु बर्माले ३६ बलमा २६, निर्मला कुमारी शाहीले २० बलमा २०, ज्योति पाण्डेले २६ बलमा १३ तथा कप्तान रुबिना क्षेत्रीले ६ बलमा अविजित रहँदै इनिङको एकमात्र छक्काको मद्धतले १० रन जोडिन् । 
 
रोशनी बोहरालेमात्र बिसर्नलायक खेल्दै ८ बलमा २ रन बनाइन् । 
 
अर्को चरणको प्रवेश सम्भावनालाई कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 
 
तर नेपालले देखाएको प्रदर्शनले भने थाइल्याण्ड आत्तिएको छ । बिहीबार चीनसंग पराजित थाइल्याण्डको मनोवल पनि गिरेको देखिएको छ । 
 
यसअघि भएका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो । 
 
नेपालले पहिलो चरणमा  थाइल्याण्डसंग पराजय बेहोरेको थियो । 
 
तर बिहीबारको खेलमा आयोजक हङकङलाई हराएपछि नेपालको मनोवल बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ