arrow

इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाइ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

तेल अविव। महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले "स्वच्छ बिच" कार्यक्रम  अन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको "सी गार्ड" को नेतृत्वमा डाइभहरू  पनि सञ्चालन गरिएको छ । 

गत साता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर-नाचशोलिमको समुद्री तटमा भएको सरसफाइ  कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए ।   सो सरसफाइ कार्यक्रममा प्लास्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर सङ्कलन गरिएको थियो। । 

'क्लिन कोस्ट प्लान' इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो ।  यस कार्यक्रमले समुद्री फोहोर र विशेष गरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८ औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ