arrow

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छः नेता श्रेष्ठ

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Narayan_k_Shrestha.jpeg
महोत्तरी। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताएका छन्।
 
दसैं, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले असन्तुष्ट पक्षको मागलाई सम्बोधन हुनेगरी संविधानलाई संशोधन गर्नु आवश्यक रहेको छ भने।
 
नेता श्रेष्ठले विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ, त्यसको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यकता छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भने।
 
संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन् भन्दै उनले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनुपर्ने व्यवस्था नभएको बताए।
 
नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गिरीराजमणि पोखरेलले ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्छ’ भन्दै ‘२०७४ माघभित्र निर्वाचित निकायको हातमा जिम्मा लगाई देशलाई समाजवादतर्फ डोर्‍याउनुपर्छ’ बताए।
 
‘संविधान कार्यान्वयन नभए देश दुर्घटनामा फस्न सक्छ’ उनले भने– संविधान कार्यान्वयन गरी मुलुकमा सङ्घीयातालाई संस्थागत गर्नुपर्दछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ