एजेन्सी। विश्व फिटबलमा अहिले खेलीरहेका खेलाडीहरुमा को उत्कृष्ठ भन्ने बहश निरन्तर चलिरहने गरेको छ। यसै क्रममा पोर्चुगल र रियाल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना एवं बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी बिचको प्रतिस्पर्धा जहिले रोमाञ्चक हुने गरेको छ।
दुवै खेलाडीहरु उत्कृष्ट छन् तर उनका फ्यानहरु आ-आफ्ना खेलाडीहरुलाई उत्कृष्ट बनाउन अनेक तर्क- बितर्क गर्ने गरेका छन्। पछिल्लो १० बर्षमा दुई खेलाडी बिना फुटबलको कुनै पनि गफ-बहश पुरा हुँदैन्।
यसै क्रममा अंग्रेजी अनलाईन डेलीमेलले विश्वका १०० उत्कृष्ठ खेलाडीहरुबारे एक 'सर्भे' गरेको छ। उक्त सर्भे बिभिन्न पब, अनलाईन मार्फत गरिएको हो।
उत्कृष्ठ १०० भए पनि पहिलो को हुन्छ भन्ने जिज्ञाशा सबैमा रहेको थियो । मेस्सी र रोनाल्डोमा कोही एक उत्कृष्ठ हुने अनुमान सबैको रहेको थियो। अनुमान अनुसार रोनाल्डो पहिलो भए भने मेस्सीले दोस्रो स्थान हात पारेका छन्।
रोनाल्डोले पोर्चुगललाई युरो कपको उपाधि दिलाएका थिए। उनले फाईनलमा घाईते भएर पनि बाहिरबाट आफ्नो टोलीलाई पुरा सहयोग गरेका थिए वा यसो भनौं उनले म्यानेजरको भूमिका निभाएका थिए। त्यसैगरि च्याम्पियन्स लिगको उपाधि रियाललाई दिलाउन पनि उनको महत्वपुर्ण योगदान रहेको थियो।
३१ बर्षको उमेरमा पनि आफ्नो उच्च फर्ममा रहेका रोनाल्डो भोट गर्नेहरुको पहिलो रोजाईमा परेका हुन्।उनको यो रोजाईले मेस्सीका फ्यानहरु रिसाएका छन् र उनीहरु यो मान्न तयार छैनन्। उनीहरुले उक्त साईटको कमेन्ट बक्समा आफ्नो आक्रोश पोखेका छन्।
दोस्रो स्थानमा रहेका मेस्सीले बार्सिलोनलाई लालिगाको उपाधि दिलाउन महत्वपुर्ण योगदान दिएका थिए। उनले कोपा अमेरिकाको फाईनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि धेरै आलोचना सहनु परेको थियो। उनले कोपा फाईनल पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा पनि गरेका थिए पछि उनले उक्त निर्नय फिर्ता लिएका हुन्।
त्यसैगरि उनले स्पेनको अदालतबाट कर छलेको आरोपमा पनि सजाय पाएका छन् । उनको सन्यास, कर छलीले पनि उनलाई विवादमा तान्यो। उनी मैदानमा शालिन केलाडीका रुपमा परिचित छन्। उनको खुट्टामा बल परेपछिको उनको जादु हेर्न लायकको हुने गरेको छ।
तेस्रो स्थानमा ब्राजिल र बार्सिलोनाका स्टार नेयमार परेका छन्। उनले ब्राजिललाई ओलम्पिकको स्वर्ण पदक दिालउन महत्वपुर्ण भुमिका निभाएका थिए। त्यसैगरि बार्सिलोनालाई पनि लालिगाको उपाधि दिालउन राम्रो योगदान दिएका थिए।
चौथो स्थानमा रहेका छन् बार्सिलोना र उरुग्वेका खेलाडी लुईस स्वारेज। उनले बार्सिलोनाकालागि उत्कृष्ठ खेल खेलिरहेक छन्। उनले गत सिजनमा बार्सिलोनाकालागि ५३ केलमा ५९ गोल गरेका थिए।
पाँचौं स्थानमा रहेका छन् वेल्स एवं रियाल मड्रिडका स्टार गारेथ बेल। उनले रियाललाई च्याम्पियन्स लिगको उपाधि दिालउन ठुलो योगदान दिएका थिए भने वेल्सलाई युरो २०१६को सेमीफाईनलमा पुर्याउन पनि महत्वपुर्ण एवं प्रमुख भुमिका खेलेका थिए।
उत्कृष्ठ पाँचमा ला-लिगाका खेलाडीको आधिपत्य रहेको छ। उक्त खेलको १००औं खेलाडीमा आर्सनलका गोलकिपर पिटर चेक रहेका छन्।