arrow

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
pradesh-1-sabha.jpg

कोशी ।  कोशी प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि  प्रदेशसभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ