arrow

नक्कली नोट छाप्ने मेसिन सहित रुकुममा दुई जना पक्राउ

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ असोज २८ शुक्रबार
dubicate-note.jpeg
रुकुम। रुकुममा नक्कली नोट छाप्ने मेसिन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सदरमुकाम खलंगाको एक होटेलबाट नक्कली नोट छाप्ने गरेको प्रहरी थाहाँ पएपछि उनिहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुकुम झुला ६का डिभाईड भनिने १९ वर्षीय खिमबहादुर देवकोटा र गोतामकोट ९ घर भई हाल सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटेल संचालन गर्दै आएका ३४ वर्षिय जुन वहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ। बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा स्याउन किन्न आएका बेला उक्त नोट नक्कली भएको शंका लागेपछि पसलवालाले प्रहरीलाई खवर गरेका थिए। 
बोहोराका छोराले दिएको जानकारी अनुसार पैसा छाप्ने मेसिन, एकहजारको नक्कली नोट सहित उनीहरुलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए।
 
प्रारम्भिक अनुसन्धानका क्रममा दुबै जनाले नक्कली नोट छाप्ने काममा आफुहरु संलग्न भएको स्विकार गरेको डिएसपी जिसीले बताए। उनीहरुले प्रहरीले नक्कली नोटको बारेमा थाहापाएछि छापीएका ३ लाख बढि नक्कली नोट जलाएको समेत स्विकार गरेको प्रहरीको भनाई छ।
 
यसका साथै देवकोटाले यस भन्दा पनि पहिले नक्कली नोट छापेको हुनसक्ने र त्यो नोट अफिम, चरश संकलन गर्नमा प्रयोग गरेको हुन सक्ने प्रहरीको अनुमाण रहेको छ। उनिहरुको साथबाट एक हजार रुपैयाँको नक्कली नोट एउटा, ब्रोदर प्रीन्टर मेसिन १ थान, त्यसमा प्रयोग गरिने ८ प्रकारका विभिन्न खालका रङ र १ सय ५० प्रति फोटोकपि पेपर समेत फेला पारिएको बताएको छ। पक्राउन परेका देवकोटा बैद्य माओवादी निकट युवा संगठनका सल्यान जिल्ला सेक्रेटरी रहेको र बोहोरा विप्ल माओवादीका कार्यकर्ता रहेको अनुसन्धानबाट खुलेको डिस्पी जिसीले बताए।
 
प्रहरी प्रधान कार्यालय काठमान्डौंबाट भर्खरै सरुवा भएर रुकुम आएका डिएसपी जिसीले पहिलो दिनमा नै नक्कली नोट बनाउने मेसिन सहित मानिसलाई पक्राउ गरेको हो। उनिहरुलाई अब खोटा चलनको मुद्धा चलाईने बताएको छ। रुकुममा यस अघि पनि नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ