arrow

देउवा गए सिङ्गापुर, खड्कालाई कावा सभापतिको जिम्मेवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
purna-bahadur-khadaka.png

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुर गएका छन् ।  उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए । 

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।

देउवा गएसँगै  कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

 कांग्रेसको विधानबमोजिम देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ