एजेन्सी। पैसाको अभावले गर्दा क्रिष्टियानो रोनाल्डोलाई आर्सनलले किन्न नसके पछि उनी म्यानचेस्टर युनाईटेड गएका थिए। सुन्दा नि अचम्म लाग्छ, थिएरी अनरीलाई आफ्नो 'रोल मोडल' मानेका रोनाल्डोको आर्सनलबाट खेल्ने धोको पुरा हुन सकेन र उनी युनाईटेडसँग आबद्ध भएका थिए।
उक्त रहस्य आर्सनलका तत्कालिन 'स्काउट' ड्यामियन कोमोलीले खुलाशा गरेका हुन्। आर्सनलसँग आबद्ध कोमोली फुटबल कोच, स्काउट लगायत बिभिन्न रुपमा कार्यरत रहेका थिए। सन् २००३मा उनी आर्सनलसँग आबद्ध रहेका थिए।
किशोर अवस्थामा रोनाल्डोले आर्सनलको मैदानमा ट्रेनिङमा पनि सहभागी भएका थिए। उनका 'रोल मोडल' थिएरी अन्रीलाई भेटेका थिए। उनलाई त्यो बेला कसैले चिन्थेन। रोानल्डो जम्मा १५ बर्षका थिए।
सबैकुरा राम्रो भएपनि आर्सनलसँग पैसाको अभावले सम्झौता हुन सकेन र केही महिना पछि म्यानचेस्टर युनाईटेड र स्पोर्टीङ लिस्बनले मैत्रीपुर्ण खेल खेल्दा युनाईटेडका तत्कालिन ब्यवस्थापक सर एलेक्स फर्गुसनले रोनाल्डोको खेल देखे र तुरुन्त सम्झौता गर्ने निर्णय गरेका थिए। सन् २००३मा रोनाल्डो म्यानचेस्र युनाइटेडसँग आबद्ध भएका थिए।
यसरी फुटबलका महारथी रोनाल्डोको शुरुवात भएको थियो। युनाईटेड आएपछिको उनको यात्रा खुल्ला किताब जस्तो रहेकोछ । उनले एउटा खेलाडीका रुपमा पाउने सफलताका संभवत: सबै अनुभवहरु बटुलीसकेका छन्।