arrow

कोशीमा अध्यादेशबाट बजेट, स्वास्थ्यमा तीन अर्ब सवा सात करोड विनियोजन 

logo
विवेक मिश्र,
प्रकाशित २०८० जेठ ३२ बिहिबार
hikmatbahadur-karki-koshi-chief-minister-2080-02-32.jpg

मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा ३ अर्ब ७ करोड २७ लाख बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

बजेटमा प्रदेशको सबै जिल्लामा स्वास्थ्य अस्पतालको विकास गरिने भएको छ । सरुवा रोगको रोगथाम र नियन्त्रणमा ५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी गाराए ।

वीपी कोइारला स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेशभित्र रहेका जिल्ला अस्पतालहरूको विकासमा २९ करोड रुपैयाँ विनायोजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ