arrow

स्पेन नेसन्स लिगको फाइनलमा, इटाली पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
spain-football-2023-06-15.jpg

काठमाडौँ । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा इटालीलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो । 

खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा ल्याए ।

तर खेलको ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।

अब स्पेनले उपाधिका लागि फाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले सेमिफाइनलमा नेदरल्याण्ड्सलाई ४–२ ले हराएको थियो । निर्धारित ९० मिनेटसम्म २–२ को बराबरी भएपछि थपिएको ३० मिनेटमा क्रोएसियाले दुई गोल थपेको थियो । 

फाइनल खेल आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ