काठमाडौं । हङकङमा जारी विश्वकप महिला छनोट क्रिकेटको अन्तिम खेलमा नेपालले अहिले मोङककमा चीनसंग खेलिरहेको छ ।
जारी प्रतियोगितामा पहिलो पटक नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।
यसअघि हरेक खेलमा टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै आएको थियो ।
शुक्रबारको खेलमा थाइल्याण्डसंग पराजित भएसंगै अर्को चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको नेपाल सान्त्वना विजयको खोजीमा छ ।
पहिलो चरणको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो ।
चार टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा नेपालले चीनलाई र दोस्रो चरणमा हङकङलाई हराएको छ ।
थाइल्याण्ड ८ अंकसहित अर्को चरणमा पुगेको छ भने चार अंकका नेपाल, हङकङ र चीन भने एक एक खेल खेल्न बाँकी छँदै बाहिरिएका छन् ।