arrow

दशैं अवधिभर विराटनगर भन्सारले १० करोड बढी राजश्व असुली

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
biratnagar-in-nepal-new-news.jpeg
मोरङ्ग। विराटनगर भन्सार कार्यालयले दशैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ। कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ।
 
यसैगरी विहिवार ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताए। नवमी, दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमा पनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्युपानेले बताए। 
 
सो अवधिमा तरकारी, फलफुल लगायतका समान विराटनगर भित्रिएका छन्। विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ। शुक्रबार  देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ