arrow

विश्वकप महिला छनोट क्रिकेटः नेपाल चीनले दिएको ८६ रनको चुनौती पछ्याउँदै

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
Nepali-women-cricket-teaam.jpeg
काठमाडौं । हङकङमा जारी विश्वकप महिला छनोट क्रिकेटको अन्तिम खेलमा नेपालले अहिले मोङककमा चीनसंग खेलिरहेको छ । विजयका लागि नेपालले ८६ रनको चुनौती पाएको छ । 
 
यसअघि जारी प्रतियोगितामा पहिलो पटक नेपालले टस हारेर फिल्डिङ गरेको थियो । सो क्रममा चीनले ७ विकेटको क्षतिमा ८५ रन बनायो ।
 
चीनकी फेङफेङ सोङले सर्वाधिक ३४ रन जोडिन् । तीन खेलाडी भने रन आउट भए ।
 
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ तथा निर्मलाकुमारी शाही र करुणा भण्डारीले १÷१ विकेट लिए । 
 
पहिलो चरणका सबै खेल हारेको चीनले दोस्रो चरणमा भने थाइल्याण्ड र हङकङलाई पराजित गरेको थियो । 
 
शुक्रबारको खेलमा थाइल्याण्डसंग पराजित भएसंगै अर्को चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको नेपाल सान्त्वना विजयको खोजीमा छ । 
 
पहिलो चरणको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो । 
 
चार टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा नेपालले चीनलाई र दोस्रो चरणमा हङकङलाई हराएको छ । 
 
थाइल्याण्ड ८ अंकसहित अर्को चरणमा पुगेको छ भने चार अंकका नेपाल, हङकङ र चीन भने एक एक खेल खेल्न बाँकी छँदै बाहिरिएका छन् । 

 



नयाँ