arrow

मोरङ जिविसले एकैपटक २७ वटा पक्किपुल निमार्ण गर्दै

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असोज २९ शनिबार
morang j.jpg.jpeg
विराटनगर। जिल्ला विकास समितिले मोरङ जिल्लामा एकैपटक २७ वटा पुल निर्माणको कामलाइ तिव्रता दिएको छ। लामो समयदेखी पुल वन्न नसकेका खोलाहरुमा जिविसले पुल निमार्णको कामलाइ तिव्रता दिएको हो। 
 
जिविसले जनताको माग अनुसार दर्वेसा, इटहरा, अमरदह, कटहरी, राजघाट , गोविन्पुर, आमगाछी, मझारे, झोराहाट, टकुवा , केरावारी लगायतका २७ स्थानमा पक्किपुल निर्माण गरिरहेको छ। 
 
त्यसमध्ये वाहुनीको कयरखोलमा २ करोड २१ लाख ८७ हजार रुपैयाको लागतमा १८ मिटर लामो पक्किपुल, विराटनगर स्थित सिंगिया खोलामा ७ करोड ६० लाख रुपैयाको लागतमा ६२ मिटर लामो पुल संचालनका तयारीमा रहेका छन।
 
यसैगरी वुधनगरको खाद्र्राखोलामा ९५ लाख रुपैयाको लागतमा १५ मिटर, टकिसिनवारीको धाधरा खोलामै १ करोढ ८ठ लाखमा १५ मिटर, र.गेलीको घागी खोलामा १ करोड ८३ लाखको लागतमा १८ मिटर यसैगरी ६२ लाखको लागतमा इटहराको कटनु खोलामा १५ मिटर ववियार्विताको कोचेनी खोलामा २ करोड १३ लाख रुपैयाको लागतमा १८ मिटर पक्पिुल संचालनको तयारीमा छ। यसरी लामो समयको प्रतिक्षापछी पक्किपुल निमार्ण भएपछी स्थानिय वासिन्दा समेत उत्साहित भएका छन। यस अघि पुल नहुदा सो क्षेत्रका वासिन्दालाइ आवत जावतमा निकै समस्या हुने गरेको थियो। 
 
वर्षायाममा खोलामा वाढि आउदा वालवालिकाहरु तिन किलोमिटर घुमेर विद्यालय जानुपर्ने बाध्यता थियो। यस अघि ती खोलाहरुमा पटकपटक नापाी र सर्वै गरेपनी पुल निमार्ण हुन सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ