arrow

नेपाली महिला क्रिकेट टोलीको रोमान्चक हङकङ यात्रा : एशिया कप क्रिकेट खेल्ने पक्का

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
cricket-womensTeam-new.jpeg
काठमाडौं । आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनोटमा उपविजेता बनेको नेपालले एशिया कप क्रिकेट खेल्ने पक्का भएको छ । एशियाका चार टेष्ट टोलीसँगै नेपाल र थाइल्याण्डले सन् २०१६ को अन्तिममा थाइल्याण्डमा तय भएको एशियाकप खेल्ने पक्का भएको हो । 
 
समूहको अन्तिम खेलमा नेपाल चीनलाई हराएर उपबिजेता बन्दा हङकङलाई हराउँदै थाइल्याण्ड समूह विजेता बन्यो । चीन र हङकङ भने पछारिएका छन् । नेपालले पहिलो खेलमा हङकङसँग ६ विकेटको हार व्यहोरेको थियो । 
 
हङकङको मिसन रोड मैदानमा चीनले दिएको ८६ रनको चुनौती नेपालले ६ विकेट गुमाएर पार गरेको हो । नेपालको लागि नेरी थापाले २२ र सीता रानामगरले २० रन बनाए । कप्तान रुविना क्षेत्री १० रनमा अविजित रहिन् ।
 
टस जितेर पहिले ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । अर्को खेलमा टस जितेर पहिले व्याटिङ गरेको हङकङले थाइल्याण्ड सामु जम्मा ८४ रनको चुनौती पेश गर्न सक्यो । उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा ८३ रन बनायो । 
 
जवाफमा थाइल्याण्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर जित हासिल गर्‍याे । प्रतियोगितामा एक खेल मात्र गुमाएको थाइल्याण्ड विजेता बन्यो । 
 
महिला विश्वकपको एशियाली छनौटमा हङकङ र चीनलाई पछि पार्दै नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । समूहमा ६ मध्ये पाँच खेलमा जित हासिल गरेको थाइल्याण्ड समूह बिजेता बन्दै विश्वकप छनौटमा पुगेको छ ।
 
नेपाल भने ६ मध्ये तीनमा हार र तीन खेलमा जित हासिल गर्दै ६ अंक बटुलेर उपबिजेता बन्यो । प्रतियोगिताका चार खेल गुमाएका हङकङ र चीन विश्वकप छनोट र एशियाकप दुवैबाट बाहिरिएका छन् । 



नयाँ