arrow

मोरङमा ऊर्जै ऊर्जा, स्थानीय सहकार्यका लागि तयार

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज २९ शनिबार
bijuli.jpeg
विराटनगर । मोरङ जिल्लामा सौर्य ऊर्जा तथा जल विद्युुत निर्माण कार्यले तीव्रता पाएको छ । जिल्ला विकास समिति मोरङ  र वैकल्पिक उर्जा कार्यक्रमले पीको हाइड्रोपावर निमार्ण र सौर्य ऊर्जालाई बढावा दिएपछि जल विद्युुत तथा सौर्य ऊर्जामा लगानी बढ्न थालेको छ । 
 
जिल्लामा १० किलोवाट देखि ३० किलोवाट सम्मका साना ठूला योजना धमाधम निर्माण भइ रहेका छन् भने सौर्य ऊर्जाका लागि मिनिग्रिडको समेत स्थापना हुुन थालेको छ । 
 
राष्ट्रिय प्रसारणको लाइन पुुग्न नसकेका ग्रामीण क्षेत्रमा हाइड्रोपावर  निर्माण तथा तराईका गाउँमा सौर्य ऊर्जा कार्यक्रमलाई महत्वका साथ अघि बढाइएको जिविसका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।    
 
जिल्ला विकास समिति मोरङले वर्ल्ड बैंकको सहयोगमा १ करोड ६० लाख रुपैँयाको लागतमा दुुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी रमिते खोलामा ३० किलोवाट विद्युुत उत्पादनको  काम अघि बढाएको छ ।
 
उत्तरी मोरङ्को बारंगी गाउँ विकास समितिमा समेत १० किलोवाटको पिको हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । उपभोक्ताहरुको सहयोगमा सो हाइड्रोपावर सञ्चालनमा आएको हो  । 
 
यस्तै, सिंहदेवी गाउँ विकास समितिमा समेत हाइड्रोपावर निर्माणका लागि लागि काम अघि बढेको छ । रमिते  खोला –२ का शिक्षक पर्वत राईले यसरी नेपाल सरकारले निर्माण गर्न लागेको हाइड्रोपावरमा साझेदारी गर्न उपभोक्ता तयार रहेको बताए । 
 
हाइड्रोपावरको निमार्णले स्गथानिय उपभोक्तामा खुुशि छाएको भन्दै  स्थानिय भुपाल राईलेपनी  चाडै काम सम्पन्नगर्नुपर्ने बताए । ।हाइड्रोपावर र सौर्य ऊर्जाले प्राथमिकता पाउन गालेपछि मोरङका किसानहरु समेत अहिले सौर्य उर्जाको माध्यमबाट खेतवारीमा सिँचाई गर्न सक्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ