arrow

सुरक्षा परिषद्द्वारा युवा, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव २२५० अनुमोदन

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
Barack_Obama_chairs_a_United_Nations_Security_Council_meeting.jpg.jpeg
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युवा, शान्ति र सुरक्षासम्बन्धी २२५० प्रस्ताव अनुमोदन गरेको छ । बुधबार राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा अनुमोदन भएको उक्त प्रस्तावले द्वन्द्व तथा द्वन्द्वपछिको समयमा युवा पुस्ताको सुरक्षाका साथै शान्ति स्थापनामा समाजको भूमिकालाई केन्द्रमा राखेको छ । 
 
निर्णायक तहमा युवा वर्गलाई समाहित गर्न र शैक्षिक एवम् व्यावसायिक क्षमताको अधिकतम उपयोग गर्न प्रस्तावले विश्वका सबै मुलुकका सरकारलाई प्रोत्साहन गरेको छ । करिब छ वर्षअघि विश्वका विभिन्न ४० मुलुकका ७० वटा सङ्घसंस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरुले उक्त प्रस्ताव अनुमोदनका लागि परिषद्मा प्रस्तुत गरेका थिए । 
 
हालै फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि युवा समुदायलाई पनि शान्ति स्थापना र हिंसात्मक अतिवादविरुद्ध परिचालन गर्न उक्त प्रस्ताव सहयोगी हुने अपेक्षा विश्व समुदायले गरेको युनाइटेड नेटवर्क अफ योङ पिसविल्डर्सले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ