लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी बराबरीमै रोकिएको छ । घरेलु मैदानमा सिटीलाई एभर्टनले १–१ को बराबरीमा रोकेको हो ।
दुई पटकसम्म पाएको पेनाल्टी बललाई गोल गर्न चुकेपछि सिटीले बराबरीको सामना गर्नुपरेको हो ।
खेलको ४३ औं मिनेटमा केभिन डे बु्रनले पहिलो पेनाल्टी मिस गरे । ६४ औं मिनेटमा एभर्टनका रोमेलु लुकाकुले गोल गर्दैै एभर्टनलाई अग्रता दिलाए ।
७० औं मिनेटमा म्यानचेष्टर सिटीका सर्जिओ अगुएरो नै पेनाल्टीमा गोल गर्न चुके ।
७२ औं मिनेटमा हारबाट जोगिन नोलितोले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।
यो बराबरीले भने ८ खेलबाट १९ अंकको म्यानचेष्टर सिटीलाई आर्सनलले भेट्टाएको छ । शनिबार राति घरेलु मैदानमा स्वान्सी सिटीलाई ३–२ ले पराजित गरेसंगै आर्सनलको पनि १९ अंक नै भएको छ ।
शानिबार रातिका अन्य खेलमा एएफसी बर्नमाउथले हल सिटीलाई ६–१ ले, स्टोक सिटीले सन्डरल्याण्डलाई २–० ले, तथा वेष्टह्यामले क्रिष्टललाई १–० ले हरायो ।
वेष्टब्रोम र टोटनह्यामले १–१ को बराबरी खेले ।