- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा न ६ मेहेलेमा केही दिनअघि गएको पहिरोमा परी मृत्यु भएका बाबुछोराको बुधबार अन्त्येष्टि गरिएको छ ।
पहिरोमा पनि मृत्यु भएका ३६ वर्षीय सुरेश राई र उनका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर राईको झापा स्थित कन्काइमाईमा अन्त्येष्टि गरिएको हो ।
केही दिनअघि ताप्लेजुङ जिल्लामा गएको मेहेले मुकुभञ्ज्याङ पहिरोमा परी बाबुछोराको मृत्युभएको थियो ।
बाबु नेपाली कांग्रेसका क्रियाशील सदस्य र छोरा तरुण दलका नेता थिए । झापा अर्जुनधारा ६ माता मन्दिरस्थित निवासमा मृतकको पार्थिव शरीरमा बिहान ११ बजे कांग्रेसको झण्डा ओढाएर मृतकप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बाबुछोराको दिउँसो कनकाइमाई नदीमा जातीय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।