arrow

नयाँ अभ्यासबाट नेपालमा विपद् व्यवस्थापन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
disaster-management-dhading.jpg

काठमाडौँ । विपद् व्यवस्थापनका लागि नेपालमा नयाँ अभ्यास शुरु गर्न लागिएको छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का प्राध्यापक इन्द्रजीत पलको अवधारणालाई एसियन डिजास्टर प्रिपरेसन सेन्टर (एडीपीसी) को सहयोगमा धादिङमा नयाँ अभ्यास लागू गर्न लागिएको हो । 

विपद्को दृष्टिले नेपालको सबैभन्दा धेरै जोखिममा रहेको जिल्ला भएकाले धादिङबाट यो अभ्यास शुरु गर्न लागिएको प्राध्यापक पालले जानकारी दिए ।
 
थाइल्याण्डमा रहेर अध्ययन अनुसन्धान र प्राध्यापन गर्दै आएका प्राध्यापक पलले स्थानीय सरकारका जनप्रतिनिधि, सरोकारवालाहरु, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा नयाँ अवधारणाका बारेमा जानकारी गराए । 

‘क्रिस्टा’ नाम दिइएको त्यस अवधारणा अनुसार मोबाइल एपमार्फत स्थानीय बासिन्दाले विपद् सम्बन्धी कुनै पनि घटनाको बारेमा फोटो तथा भिडियो खिचेर पठाउन अभिप्रेरित गरिने प्राध्यापक पलले बताए । 
 
फोटो तथा भिडियो मार्फत सूचना पाएपछि उद्धार तथा व्यवस्थापनका लागि धेरै सहज र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष विवेक थपलियाले विश्वास व्यक्त गरे । 
 
विपद् सम्बन्धी घटना हुनासाथ एपमार्फत सरोकारवाला निकायलाई जानकारी गराउने अवधारणालाई एडीईपीसीले नौलो र प्रभावकारी हुने ठानेर सहयोगका लागि छनोट गरेको उनले जानकारी दिए ।

जलवायु परिवर्तनको असर र त्यसबाट उत्पन्न हुने विपद्का नयाँ नयाँ आयामहरु पनि देखिँदै गएकाले त्यसलाई नयाँ ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अध्ययन अनुसन्धान र खोज गर्ने क्रममा यो नयाँ अवधारणा ल्याएको उनले बताए । 

यो अभ्यास यसअघि धादिङकै नीलकण्ठ नगरपालिकामा परीक्षण गर्दा सफल र प्रभावकारी पुष्टि भएपछि औपचारिक रुपमा बेनीघाटबाट लागू गर्न लागिएको हो ।

स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा गाउँपालिका र परियोजनाको तर्फबाट परियोजनाको सम्झौता पनि गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ