arrow

मेसी आए बार्सिलोनालाई बहार आयो

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
messi.jpeg
स्पेन । स्पेनिश लिग फुटबल ला लिगामा बार्सिलोनाले डेपोर्टिभोलाई ४–० को फराकिलो अन्तरले हराएको छ । 
 
घाइते अवस्थाबाट केही समय खेल्न नसकेका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेसी टिममा फर्किएपछि घरेलु मैदानमा बार्सिलोनाले गोलको वर्षा गरेको हो । 
 
Rafinha (centre) is congratulated by Neymar (left) and Arda Turan after scoring his first
 
बार्सिलोनालाई जिताउन राफिन्हाले २ तथा लुइस सुवारेज र मेसीले १–१ गोल गरे ।
 
पराजित डेपोर्टिभोका लाउरेले रातो कार्ड खाएका थिए । 
Luis Suarez netted the home side's third goal before half-time as Barca ran riot
 
यता, रियल मड्रिडले पनि रियल डर्बीको खेलमा गोलको वर्षा गरेको छ । रियल मड्रिडले रियल बेटिसलाई उसकै मैदानमा ६–१ ले हरायो । 
 
Cristiano Ronaldo congratulates Marcelo for scoring Real Madrid's third at Real Betis
 
मड्रिडलाई आधा दर्जन गोलको वर्षा गराउने क्रममा इस्कोले ह्याट्रिक गरे । 
 
Isco (left) shares a high five with Pepe after the two combined for Real's fourth goal
 
त्यस्तै करिम बेन्जेमा, क्रिष्चियानो रोनाल्डो र राफेल भरानेले एक एक गोल गरे । 
 
French striker Karim Benzema was on the scoresheet in the emphatic win on Saturday
 
शनिबारकै अर्को खेलमा गोलको वर्षा गर्ने क्रममा एथलेटिको मड्रिडले लज्जास्पद हार दिलाउने क्रममा ग्रानाडालाई ७–१ ले हरायो । 
 
Ronaldo tries to find a route past Betis goalkeeper Antonio Adan at the Benito Villamarin
 
कारास्सोले ह्याट्रिक गरेको खेलमा जाइतानले दुई गोल थपे । 
 
Betis manager Gus Poyet shows his frustration on the sidelines during the encounter
 
त्यस्तै सेभिल्लाले लेगनेसलाई ३–२ ले हरायो । यो खेलपछि लिगमा एथलेटिकोको ८ खेलबाट १८ अंक भएको छ ।
 
दोस्रो स्थानको रियल मड्रिडको पनि १८ अंक नै भएको छ । 
 
त्यसतै सेभिल्लाको १७ तथा बार्सिलोनाको १३ अंक भएको छ । 
 



नयाँ