arrow

निर्वाचनसम्बन्धी विधेयक समितिमा, वनको दोस्रो संशोधन विधेयक पारित

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 
 
बैठकमा कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए । 
 
स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् ।
 
ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिएकी छन् । 
 
जनक विश्वविद्यालय विधेयक 
शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गरेको राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । 
 
त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ