arrow

न्युजिल्याण्डको फितलो प्रर्दशन, भारतलाई १ सय ९१ रनको चुनौती

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
tom-latham.jpeg
धर्मशाला । न्युजिल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई १ सय ९१ रनको सामान्य लक्ष्य दिएको छ । 
 
धर्मशालामा आइतबार भएको खेलमा पाहुना टोली न्युजिल्याण्डले ३४ दशमलब ५ ओभरमा अलआउट हुँदै मात्र १ सय ९० रन जोडेपछि भारतले सामान्य चुनौती पाएको हो । 
 
भारतको कसिलो बलिङसामु सुरुवाती देखि नै दबाब झेलेको न्युजिल्याण्डका लागि टम लथामको प्रदर्शन प्रशंसनीय रहयो। लथामले अविजित ७९ रनको योगदान गरे । ९८ बल सामना गरेका लथामले १ छक्का र ७ चौंका प्रहार गरे । 
 
टिम साउथीले ५५ रन जोड्दा कप्तान केन विलियम्सन भने ३ रनमै पवेलियन फर्किए । भारतका लागि हार्दिक पाण्डे र अमित मिश्रले समान ३ विकेट लिए । यस्तै उमेश यादव र केदार जधावले समान दुई विकेट झारे ।  
 
पाहुना न्युजिल्याण्डले भारतसँग पाँच एक दिवसीय श्रृंखला खेल्ने छ । यसअघि यी दुई टोलीबीच २ खेलको टेस्ट श्रृंखला भएकामा भारतले क्लिनस्वीप गरेको थियो । 



नयाँ