काठमाडौं । बडादशैं सकिएसंगै नेपाली टोली एएफसी सोलिडारिटी कप फुटबलका लागि पुनः बन्द प्रशिक्षणमा जुटेको छ । केही महिनादेखि ३० नेपाली खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । अर्को हप्ता अन्तिम नेपाली टोलीको घोषणा गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जापानी प्रशिक्षक कोजी ग्योतोकुको प्रमुख प्रशिक्षणमा रहेको नेपाली टोलीलाई फर्ममा ल्याउने प्रयास भइरहेको बताइएको छ ।
अहिले प्रशिक्षणमा रहेका खेलाडीमा आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ्ग, अनिल गुरुङ्ग, अञ्जन विष्ट, भरत खवास, विकास तामाङ्ग, विकेश कुथु, विक्रम लामा, विमल घर्तीमगर, विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ्ग रहेका छन् ।
त्यस्तै दिनेश राजवंशी, दिपक गुरुङ्ग, हेमन गुरुङ्ग, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरणकुमार लिम्बु, मानबहादुर तामाङ्ग, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, राजेन्द्र रावल, रञ्जन विष्ट, रञ्जित धमला, सुजल श्रेष्ठ र सुमन लामा पनि बन्द प्रशिक्षणमा छन् ।
मलेसियामा हुने सोलिडारिडी कपको समूह ए मा रहेको नेपालले टिमोर लिस्टे र ब्रुनाइसँग खेल्नेछ । पाकिस्तान र बंगलादेशले भने नाम फिर्ता लिएका छन् । पहिलो खेल कार्तिक २० गते टिमोरसंग र २३ गते ब्रुनाइसँग हुनेछ ।