arrow

हालसम्मको तयारीले निर्वाचन सम्भव छैन : महासचिव पोख्रेल

logo
विश्वामित्र खनाल,
प्रकाशित २०७३ असोज ३० आइतबार
sydny.jpeg
सिड्नी । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले वर्तमान सरकार नेपालको संविधान २०७२लाई निष्प्रभावी वनाई  गैह्र–दलिय, गैह्र्र–राजनीतिक तथा वाहुवलि खिलाराज जन्माउन उत्प्रेरीत भएको आरोप लगाएका छन् । 
 
शनिवार नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा अयोजित मिलमिलाप तथा शुभकामना आदन–प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोख्रेलले –“०७४को समय सीमाभित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्नेमा हालसम्मको सरकारको तयारीले निर्धारीत समयमा निर्वाचन सम्पन्न हुन नसक्ने ठोकुवा पनि गरे । 
 
उनले –“जसका कारण वर्तमान संविधान निष्प्रभावी हुने र सोही वाहनामा गैह्र–दलिय, गैह्र्र–राजनीतिक तथा वाहुवलि खिलराजको उदय हुन सक्ने र यस्ले मुलुकलाई अरु पछाडी धकेल्नुका साथै थप संकट निम्त्याउने” वताए । 
 
अहिले नेपाली–नेपालीहरुवीच राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले एकता र मेलमिलापवाट नै असम्भव भनिएका कुराहरु सम्भव भएको स्मरण पनि गरे । 
 
उनले मुलुकलाई अहिले संविधान जारी भएको जस्तो अवस्थाको राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै प्रवासी नेपालीहरुलाई नेपालका राजनीतिक दलहरुलाई राष्ट्रिय महत्व र चासोका विषयहरुमा नेपालमा नेताहरुलाई एकतावद्ध हुन दवाव दिन आग्रह समेत गरे ।
 
कार्यक्रमलाई संवोधन गर्दै पूर्वपर्यटन मन्त्रि एवं साँसद आनन्द पोख्रेलले कार्यकारी सरकार प्रमुख वा राज्यप्रमुखको निर्वाचन प्रत्यक्ष प्रणालीवाट हुनुपर्ने, समानुपातिक समावेसी प्रणाली खारेजी गरिनुपर्ने, हिमाल, पहाड र तराईलाई तोड्ने होईन, जोड्ने गरि प्रदेशहरुको संरचना निर्माण गर्नुपर्ने र यसका लागि विदेशमा रहेका नेपालीहरुले आ–आफ्नो क्षेत्रवाट दवाव दिनुपर्ने वताए । 
 
संस्थाका महामन्त्री धिरोज मल्लले संचालन गर्नु भएको सो कार्यक्रमका अर्का वक्त नेपाली काँग्रेसका नेता नवराज गुरुङ्गले विपि कोईरालाको राष्ट्रिय मेलमिलापको नीतिको चर्चा गर्दै नेपालमा आहिले भाई फुटे गाँवर लुटेको अवस्था रहेको चित्रण गर्दै मेलमिलाप नै हालको राजनीति समस्या समाधानको विन्दू भएको वताए ।
 
जनसम्पर्क समितिका अध्यक्ष सन्तोष सिटौलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महावाणिज्यदुत दीपक खड्काले विपिको वहुआयामिक व्यक्तित्वको वारेमा प्रकाश पारेका थिए  । 
 
स्थानीय एस्फिल्डपार्कमा आयोजित सो कार्यक्रममा प्रवासी नेपाली मञ्च, नयाँ शक्ति पार्टी नेपाल, जनजाती मंच, तामाङ्ग सोसाईटी, एनएडिएफ लगाएतका स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ