arrow

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
accident-final.jpeg
रत्ननगर । चितवनको भरतपुरस्थित आँपटारीमा ट्रकको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । 
 
नारायणगढबाट मुग्लिन जाँदै गरेको बा ३ ख ११०१ नम्बरको ट्रकले आँपटारीमा बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 
 
राति भएको सो दुर्घटनामा परी गोरखा पुथ्वीनारायण नगरपालिका–९ घर भई चितवन बस्दै आएका साइकल यात्री रामकुमार नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
राति १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा गम्भीर भएका नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । 
 
उनी पनि सवारी चालक नै रहेको प्रहरीले जनाएको छ । 
 
ठक्कर दिने ट्रकका चालक सम्पर्कमा नआएको र खोजी जारी रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ